त्रिकोणात्मक टि–२० आई श्रृंखला: दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकाल्यो

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

१४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।