मलेसियाले दियो नेपाललाई १ सय ६६ रनको लक्ष्य

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए ।

पहिलो खेलमा नेपालले हिजो सोमवार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो ।

छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।