मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १८ , मंगलबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

आज फेरि घट्यो सुनचाँदीको भाउ

१ मिनेट पढाइ

काठमाण्डौ । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

हिजो तोलामा १ लाख १४ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।