घट्यो सुनचाँदीको भाउ

काठमाण्डौ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । अस्ति, शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ ।

शुक्रवार चाँदीको भाउ एक हजार ४ सय ६० रुपैयाँ थियो ।