

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आयरल्यान्डले विजयी शुरुवात गरेको छ । आज भएको समूह ’ए’ को खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायो ।
अमेरिकाले दिएको १ सय ६ रनको सामान्य लक्ष्य आयरल्यान्डले २२ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो । आयरल्यान्डका रायन हन्टरले नट आउट ५० रन बनाए । अमेरिकाका आर्य गर्गले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका ४० ओभर २ बलमा १ सय ५ रनमा अल आउट भयो । अमेरिकाका खुश भालालाले नट आउट ३८ रन बनाए । आयरल्यान्डका रुबेन विल्सन र ओलिभर रिलेले समान ३ विकेट लिए ।

खबर बजार । ५ माघ २०८०, शुक्रबार १९:००