दैलेखमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

दैलेख । कर्णाली राजमार्ग अन्तरगत दैलेखको गुरासँ गाउँपालिका–२ केराबारीमा दुर्घटना भएको हो । शुक्रबार बिहान साढे ११ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दैलेखको कुसापानीबाट सुर्खेततिर छुटेको ना ४ च ख ६५५४ नम्बरको बस र सोही दिशा तर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ प ७४५९ नम्बरको मोटरसाइकले बसलाई ओभर ट्याक गर्दा बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त दुर्घटनामा मोटरसाइक सवार वीरेन्द्रनगर नगरपालिका–१२ का २६ वर्षीय खगेन्द्र विक घाइते भएका र उहाँको उपचारको लागि वीरेन्द्रनगर सुर्खेत ल्याएर वीरेन्द्रनगरमा रहेको माया मेडिकलमा पुर्‍याएर चेकजाँच गर्दा मेडिकलले मृत घोषणा गरेको जनाएको छ ।

हाल बस र बसचालकलाई बड्डिचौर प्रहरीले नियन्त्रणमा राखेको प्रहरीको भनाइ रहेको छ ।