काठमाण्डौ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै ३३ लाख दुई हजार रुपैयाँ ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ ।
बारा कोल्वी नगरपालिका–४ का ३३ वर्षीय रामशरण शिवाकोटीले मिराकल कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै तीन जनालाई ठगेको प्रहरीले जनाएको छ ।
शिवाकोटीले युनिसा आलेमगर र राजन प्रसाईँसहित तीन जनाबाट क्रमश: १६ लाख ५० हजार र १६ लाख ५२ हजार ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालले जनाएको छ ।
खबर बजार । १६ माघ २०८०, मंगलवार ११:५७