सन्दिप विमानस्थलबाटै पक्राऊ, सिङ्गो राज्यसत्ता सन्दिपविरुद्ध लागेको वकीलको दावी

काठमाडौँ । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

यसअघि प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका सन्दिपलाई कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

सन्दिपलाई प्रहरीले हतकडी लगाएरै हिरासत लिएको छ । यद्यपी, हतकडी रुमालले छाेपिएको थियो र मुखमा मास्क लगाइएको थियो । सन्दिपलाई सिधै गौशाला प्रहरी वृतमा लगिएकाे छ ।

यता, क्रिकेटर सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले सिंगै राज्यसत्ता सन्दिपविरुद्ध नियोजित रुपमा लागेको आशंका गर्नुभएको छ । सन्दीपले आफ्ना वकिलमार्फत प्रहरीमा आत्मसमर्पण गर्न खोजे पनि विमानस्थलबाट हतकडी लगाएर सिधै गौशाला चौकीको हिरासतमा लगिएको उहाँको भनाई छ ।

उहाँले कानून व्यवसायीले भेट्न पाउने अधिकार समेत खोसिएको र त्यसपछि सिधै स्वास्थ्य परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको बताउनुभयो ।