बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ ।

हिजो तोलाको १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको १४ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।