आज फरि घट्यो सुनचाँदीको भाउ

काठमाण्डौ । सुनको भाउ आज पनि तोलामा एक हजार रुपैयाँले घटेको छ ।

हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भएकोमा आज एक हजार रुपैयाँ घटेर तोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।