आज सामान्य बढ्यो शेयर बजार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । मंगलबार शेयर बजार परिसुचक नेप्से ९.४४ अंकले बढेर २०८५.७१ बिन्दुमा पुगेको छ ।

मंगलबार शेयर कारोबार रकम २ अर्ब ५९ करोड १५लाख ३४ हजार रुपैयाँ बराबर भएको छ ।

मंगलबार कारोबारमा आएको १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य घटेको छ । बाँकी सबै उपसमूहको शेयर मूल्य बढेको छ । यसदिन सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी उपसमूहको शेयर मूल्य बढेको छ । यस उपसमूहको शेयर मूल्य मंगलबार १.०७ प्रतिशत बढेको छ । यसैगरी, आज सबैभन्दा धेरै अन्य कम्पनी उपसमूहतर्फको शेयर मूल्य घटेको छ । यस उपसमूहको शेयर मूल्य ०.५५ प्रतिशतले घटेको छ ।

आज ३ सय कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर ६६ हजार ५ सय ५९ पटक किनबेच भएको छ । आज १ सय ८१ कम्पनीको शेयर मूल्य बढेको छ । ५७ कम्पनीको शेयर मूल्य घटेको छ भने, ९ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज सामलिङ पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेको शेयर मूल्य भने ५.१० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको ४ लाख ८१ हजार ४२८ कित्ता सेयर खरिद बिmक्री भएको हो ।