काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताउनुभएको छ ।
आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले नडराइकन कारबाही अघि बढाउनुपर्ने उहाँले बताउनुभएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी समेत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग लगातार दुई दिन भेटवार्ता गर्नुभएको थियो ।
खबर बजार । २४ बैशाख २०८०, आईतवार ११:१७