घट्यो आज सुनचाँदीको भाउ

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको १ हजार ३ सय ७५ रुपैयाँ थियो ।