मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

कांग्रेस संसदीय दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापाको उम्मेदवारी दर्ता

१ मिनेट पढाइ
०साझा

kuse inside


काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहनुभएको छ ।

Dailekhi urja

यस्तै महामन्त्री थापाको प्रस्तावक नेता शेखर कोइराला बन्नुभएको छ भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहनुभएको छ ।

कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते भोलि बुधवार हुँदैछ । मतदान बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।

nepalgunj