काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि सकिँदैछ । आजको बैठकमा ९ वटा एजेन्डामा छलफल हुने कार्यसूची छ ।
बैठकका एजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेस गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेस गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय तहको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायत छन् ।
पहिलो दिनको बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस भएको थियो भने प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो रिपोर्टिङ प्रस्तुत गरेका थिए ।
खबर बजार । १० चैत्र २०७८, बिहीबार ०७:३४