

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाउनु भएको छ ।
डा. महतले अर्धवार्षिक समीक्षामार्फत बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झार्नुभएको हो ।
चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको कार्यक्रममा जानकारी दिइयो ।
त्यस्तै चालूतर्फ कुल ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुनेगरी लक्ष्य निर्धारण गरिएको छ ।

खबर बजार । २९ माघ २०८०, सोमबार १७:०३