

सुर्खेत । मतदाता नामावलीमा त्रुटिवश नाम, थर, ठेगाना गलत उल्लेख भए यहिभदौ १३ देखि १५ गतेसम्म सच्याउन सकिने छ । प्रदेश निर्वाचन कार्यालयले भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको बताउँदै नामावलीमा भएका त्रुटिकमजोरी सच्याउन ३ दिनको समय दिइने बताएको हो ।
कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए स्थान कायम गर्ने पनि यहि अवधिमा सकिने कार्यालयले जनाएको छ । नाम दर्ता अधिकारीमार्फत निर्वाचन आयोगमा निवेदन दिए भएका त्रुटिकमजोरी सच्याउन सकिने र भोटहाल्ने अवसरबाट वञ्चित हुन नपर्ने कार्यालयको भनाई छ ।मतदाता नामावलीमा कसैको झुटो विवरण भए,मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम नामावलीबाट हटाउन सूचना दिने समय भदौ १३ देखि १६ गतेसम्म तोकिएको छ। आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सुर्खेतबाट २ लाख ४७ हजार ७ सय ४० जना मतदाता सहभागी हुने भएका जनाइएको छ ।
जिल्लाका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ७५ जना र क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६ सय ६५ जना मतदाता रहेका छन्। सुर्खेतका कुल मतदातामध्ये १ लाख २७ हजार २६ जना महिला छन भने १ लाख २० हजार ७ सय १४ जना पुरुष रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

खबर बजार । १० भाद्र २०७९, शुक्रबार २०:१९