आज सुन बढ्यो, चाँदी घट्यो

काठमाण्डौ । सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।