

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्न माग गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले गृहमन्त्री लामिछानेको दोहोरो राहदानी र सहकारीको रकम अपचलनमा संलग्नताबारे छानबिन गर्न माग गरेको हो ।
साथै जुनसुकै ओहदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेको कामको निष्पक्ष र न्याायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको भन्दै राप्रपाले भनेको छ, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रुपमा लागू हुनुपर्दछ ।’

खबर बजार । ९ जेष्ठ २०८१, बुधबार २०:०८