घट्यो सुन-चाँदीको मूल्य 

काठमाण्डौं । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

हिजो तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले घटेको छ ।

हिजो तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।