घट्यो सुनको भाउ

काठमाडौं । आज सुनको भाउ घटेको छ । हिजो तोलामा एक हजार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज एक हजार रुपैयाँले घटेको हो ।

हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार ५सय रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । हिजो तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको हो ।

आज चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।