

मंसिर २०, काठमाण्डौं । महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयले काठमाण्डौमा रहेको भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कुटनीतिक नोटमा नेपालको सहमतिविना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने नोटमा उल्लेख गरिएको छ ।
भारतीय पक्षले महाकाली नदीमा तटबन्धनका संरचना बनाउँदा दार्चुलाको खलङ्गा बजार जोखिममा परेको भन्दै खलङ्गावासीले विरोध गरेका छन् । स्थानीयवासीले तटबन्ध बनाएको विषयमा विरोध गर्दा गएको आइतवार दार्चुलाको सीमा क्षेत्रमा तनाव भएको थियो । अहिले तटबन्ध निर्माणको काम रोकिएको छ ।

खबर बजार । २० मंसिर २०७९, मंगलवार १७:५१