सेयर बजार लगातार घट्दो, कारोबार रकम भने बढ्यो

काठमाडौं । लगातार घट्दो प्रवृत्तिमा रहेको सेयर बजार शुक्रबार पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन १३ अंकले घटेको बजार यस दिन थप ११.३७ अंकले घटेको हो ।

कारोबार सुरु भएदेखि अन्तिम समयसम्म बजारले सकारात्मक लय समात्न नसकेको देखिएको छ । दिनभरको कारोबारमा ७४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १८४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको तथ्यांक छ ।

बजार सूचक घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार सो रकम बढेर ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

समूहगत प्रदर्शनतर्फ फाइनान्स उपसमूह सबैभन्दा बढी २।७७ प्रतिशतले उकालो लागेको छ । यससँगै फाइनान्स समूहको सूचक चैत १५ यताकै उच्च विन्दुमा पुगेको छ ।