रविसँग बालेन रुष्ट, किन ? 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पार्टीका सभापति रवि लामिछानेसँग रुष्ट हुनुभएको छ ।

बालेन साह आफू क्लिन हुँदाहुँदैपनि सभापति लामिछाने र केही नेताका कारण पार्टी धमिलो बनिरहेको भन्दै असन्तुष्ट बन्न थालेको स्रोतले बताएको छ ।

लामिछानेको मुद्दामा करोडौं करोड धरौटी प्रभु बैँकले दिइरहेको र सोही बैँकका राजेन्द्र शाक्यले सञ्चालन गरेको होटल रोयल टुलिपमा पार्टीको प्रशिक्षण कार्यक्रम गरिएको भन्दै प्रश्न उठेको हो ।

शाक्य बैंकको कर्जा दुरुपयोग प्रकरणमा पक्राउ परेका विवादित व्यक्तिसँगको साँठगाठमा बैंकबाट धरौटी रकम पाइरहेको र उसकै होटलमा कार्यक्रम गर्नु संयोगमात्रै नरहेको साहले बताएको पाइएको छ ।

स्रोतले भन्छ, यहाँ कार्यक्रम राखिएकाले पनि असन्तुष्ट बन्नुभएका बालेन अभिमुखीकरण कार्यक्रममा नै जानुभएन ।

यता लामिछाने पक्षका नेता/कार्यकर्ताले भने साहलाई विचौलियासँग साँठगाठ भएको नेता भनिरहेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा सिजी कम्पनीको वाईवाई चाउचाउ कम्पनीमा पटक पटक छापा मारेर बजार खस्काएको र पछि कमल मालपानीको करेन्ट चाउचाउको व्यापारलाई फाइदा पुगेको दावी गरिएको हो ।

मालपानी करछली गर्ने गरेको भन्दै आरोपित व्यापारिको रुपमा चिनिनुहुन्छ ।

निर्वाचन दौरानमा उनै मालपानीको गाडि नि:शुल्क चढेपछि सर्वत्र आलोचना भएको थियोे । पछि गाडि फिर्ता गरिएको थियोे ।