काठमाडौं । कार्यालयले एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख गरिएको छ ।
