f तीन प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना 

तीन प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना 

काठमाडौं । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

मौसम

ठूलो वर्षा हुने क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बिहान कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार पछिल्लो एक घण्टामा संखुवासभामा १४ मिलिमिटर वर्षा मापन भएको छ । पूर्वी क्षेत्रको तुलनामा कर्णाली र सुदूरपश्चिममा वर्षा निकै कम भएको छ ।

गएराति लुम्बिनी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा गुल्मीमा ६५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । काठमाण्डौ उपत्यकामा पनि आज बिहान केही समय ठूलो वर्षा भए पनि अहिले वर्षाको मात्रा केही कम भएको छ ।