सुर्खेत । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटनामा परेको छ । अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको वहाव मापन केन्द्रको अवस्था बुझेर फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको हो ।
बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिनुभयो । उहाँकाअनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका २ का २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको पुष्टी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले गर्नु भएको छ । बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा इन्जिनयर हुनुहुन्थ्यो ।
उहाँकाअनुसार दुर्घटनामा टिकापुर नगरपालिका(२ कैलालीकी २७ वर्षीय इन्जिनियर ९जल विज्ञान सहायक० सरस्वती विष्ट, कोहलपुर नगरपालिका(२ बाँके घर भएका सवारी चालक कोहलपुरका बाबुराम गुरुङ्ग, तुर्माखाँद गाउँपालिका( २ अछामका २७ वर्षीय तुलसीकुमारी कुमारी रावत विसी र उनका तीन वर्षीय छोरी दिदसा बुढा घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको पराजुलीले बताउनुभयो ।
घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पाँच दिन अघि खोलामा राखिएको बाढीको मापन गर्न फिल्डमा निस्किएको र रातानाङ्गालामा रहेको मौसमी राडरको पनि अनुगमन गरेर फर्कदै गर्दा दुस्खद् घटना भएको पराजुलीले बताउनुभयो । ओभर स्पीडका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाए पनि यसबारे गप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर बजार । ८ असार २०७९, बुधबार १८:३०