

सुर्खेत । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणको सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो ।
यसअघि बुद्ध एअरलान्सले सुर्खेत–काठमाण्डौं उडान गर्दै आएको थियो । यहि वैशाख १९ गते सुर्खेत उद्योग वाणिज्य संघले श्री एयरलाइन्सलाई कर्णालीमा उडान भर्नका लागि अनुरोध गरेको थियो । बुद्धले एकलौटीरुपमा उडान भर्न थालेपछि यात्रुहरुले चर्को भाडा तिदै आएका थिए ।
केही अन्य प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकोले जेठभित्रै सुर्खेत–काठमाण्डौं उडान भर्नेगरी तयारी थालिएको श्री एयरलाइन्सले जनाएको छ ।
केही वर्ष अघिबाट व्यावसायिक उडान सुरु गरेको श्री एअरले सीआरजे २०० र सीआरजे ७०० जेट इञ्जिनका साथै क्यू ४०० सिरिजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

खबर बजार । २५ बैशाख २०८०, सोमबार १२:०४