पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आज अपरान्ह पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको गृह मन्त्रालयले जनाएको छ । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँणलगायत विभिन्न मन्त्रीहरु, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

गिरीलाई उहाँका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरी र सन्दर्भ गिरीले दागवत्ती दिएका छन् । समाजवादी चिन्तक गिरिको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९:३० बजे निधन भएको थियो ।