काँग्रेस केन्द्रीय समितिको बैठक साउन २४ गते बस्ने

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आयोजना गर्ने निर्णय गरेको छ । बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको हो ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।

बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । यद्यपि, पार्टीको समसामयिक राजनीतिक गतिविधि तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।