सञ्चार मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिईएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।

तर उहाँको स्वास्थ्य समस्या भएकाले आजको बैठकको निर्णय भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनाउनु भएको छ ।

सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ । मन्त्री शर्मा हिजो मंगलबार मात्र मन्त्री नियुक्त हुनु भएको हो ।