मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १४ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

मौसम :

चक्रवातको प्रभाव कम हुँदै, हल्का वर्षाको सम्भावना भने कायमै

१ मिनेट पढाइ

काठमाडौं । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभाव आज दिउँसोदेखि कम हुँदै जाने भएको छ । त्यसपछि वर्षाको गतिविधि पनि क्रमिक रूपमा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अर्नबको प्रभाव कम हुने भए पनि हल्का वर्षाको सम्भावना कायमै रहेकाले ठाउँ विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।

आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा, गण्डकी प्रदेशको केही ठाउँमा तथा लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुनेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगको थोरै ठाउँमा हल्का वर्षा तथा कोशी, मधेश र बागमती प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।