
काठमाडौं । आज देशभरको मौसम सफा रहने र भोलिदेखि केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशमा आंशिक बादल लागे पनि बाँकी ठाउँमा मौसम मूख्यतया सफा रहनेछ । अहिले बिहान तराई, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
भोलि देशभर आंशिक बादल लाग्ने र कोशी प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मधेश प्रदेशको एक/दुई ठाउँमा पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।
पर्सि आइतवार पनि कोशी प्रदेश र हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । सोमवार हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




