
काठमाडाैं । गत २१ फागुनको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।


सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हलमा बिहीवार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ प्रदान गर्नुभएको हो ।



यसअघि बुधवार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्नुभएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनुभएको हो । ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् ।









खबर बजार । १२ चैत्र २०८२, बिहीबार १४:४९