प्रतिनिधि सभामा एमसीसीबारे छलफल (प्रत्यक्ष प्रसारण)

काठमाडौं । अघिल्लो आइतबार प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल भइरहेको छ ।

फागुन ८ गते आइतबारको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला शर्मा उपस्थित नहुँदा सञ्चार तथा सुचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्नुभएको थियो ।

यसअघि एमसीसीको बिरोधमा कार्यकर्ता सडक आन्दोलनमा परिचालन गरेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धन जोगाइराख्न एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

गठबन्धत भत्किँदा आगामी तीनै तहका निर्वाचन नेकपा (एमाले) सँग एक्लै लडेर जित्न नसकिने आँकलन गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पास गर्ने समझदारी गरेका थिए ।

हेर्नुहोस्, प्रत्यक्ष प्रसारणः