नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुद्वारा शपथग्रहण तथा पदभार ग्रहण 

अनावश्यक तामझाम गरिएको भन्दै आलोचना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ प्रदान गर्नु भएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र साह तथा दलको सिफारिसमा अन्य मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।

शपथग्रहण समारोह अहिलेसम्मकै बढि तामझामको साथ गरिएको छ । राजतन्त्रको समयमा राजाको राज्याभिषेक कै झल्को दिनेगरि कार्यक्रम भएको भन्दै यसको आलोचना पनि भएको छ ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

यस्तो छ नयाँ मन्त्रीपरिषद् : 

(१) बालेन्द्र साह, प्रधानमन्त्री/रक्षा र उद्योग मन्त्रालय

(२) स्वर्णिम वाग्ले, अर्थ

(३) सुधन गुरुङ, गृह

(४) शिशिर खनाल, परराष्ट्र

(५) सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास

(६) विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिंचाइ

(७) खड्कराज पौडेल (गनेश), पर्यटन

(८) सस्मित पोखरेल, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद

(९) निशा मेहता, स्वास्थ्य तथा जनसंख्या

(१०) विक्रम तिमिल्सिना, सञ्चार

(११) प्रतिभा रावल, सामान्य प्रशासन

(१२) दीपक साह (महोत्तरी), श्रम मन्त्री

(१३) सोविता गौतम, कानुन

(१४) सीता वादी, महिला, बालबालिका