
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान तोकिएको समयभन्दा ७ घण्टा ढिलो सकिएको छ ।

दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो राति १० बजे मात्रै मतदान सकिएको हो ।
आज बिहानैदेखि सुरु भएको मतदानको समय पहिले दिउँसो ३ बजेसम्म निर्धारण गरिएको थियो । तर, त्यो समयमा नसकिने छाँट देखिएपछि निर्वाचन समिति थप दुई घण्टा गरेर ५ बजेसम्म निर्धारण गरेको थियो ।
पहिलो पटक थपिएको समयमा पनि नसकिएपछि राति ७ बजेसम्म थप समय कायम गरिएको थियो ।
७ बजेपछि भने निर्वाचन समितिले लाइनमा लागेका प्रतिनिधिलाई मतदान गर्ने भनेको थियो । जसअनुसार अहिले राति १० बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।




खबर बजार । २३ आश्विन २०८३, शुक्रबार २२:४१