
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक बिहीबार पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने तय भएको छ ।

बैठकका एजेन्डाबारे जानकारी सार्वजनिक भएको नभए पनि समसामयिक राजनीतिक घटनाक्रमसँग सम्बन्धित विषयमा छलफल हुने छ ।
यो बैठक पछिल्लो केन्द्रीय समिति बैठकले मनोनयन गरेका नयाँ स्थायी कमिटी सदस्यहरूको लागि पहिलो बैठक रहने छ ।




खबर बजार । २१ आश्विन २०८३, बुधबार ११:१३