सुर्खेत । आइतबार संसदमा आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश अस्पताललाई डायलासिस मेशिन खरिद वापत २० करोड बजेट व्यवस्थापन गरिएको बताउनु भएको छ ।
जुम्लाको टोप्ला पाटनमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गरिने छ । हुम्ला जिल्ललाको दरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ ।
त्यसका लागि आगामी आर्थिक बर्षमा बजेटको व्यवस्थापन गरिएको अर्थ मन्त्री जनार्दन शर्माले बताएउनुभयो । सरकारले आगामी बजेटबाट जुम्लाको सिंजा उपत्यकाको एकिकृत विकास योजना तयार गरी कार्यान्वयन गर्ने भएको छ ।
कर्णाली समृद्धि कार्यक्रम अन्तर्गत आगामि आ.ब मा जुम्लाको सिंजा उपत्यकाको एकिकृत विकास योजना तयार गरी कार्यान्वयन गरिने बताउनुभयो ।
खबर बजार । १६ जेष्ठ २०७९, सोमबार ०६:५७