सुर्खेतमा फुटबल प्रशिक्षक उत्पादन गर्न ४ दिने कोचिङ

सुर्खेत । कर्णाली राजधानी सुर्खेतमा फुटबल प्रशिक्षक उत्पादन गर्न ४ दिने कोचिङ कोर्ष सम्पन्न भएको छ। कम्युनिटी कोचिङ कोर्ष एन्फा केन्द्रीय सदस्य रबिन चन्दले कोचिङ तालिम पहिलो बेशिक कोर्ष भएकाले खेल र खेलाडीको बिकास र अवशर दुबै हुने बताउनुभयो ।

अल नेपाल फुटबल असोशियशनको सहयोग र जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै चन्दले कम्युनिटी कोर्ष गरिसकेपछी जिल्लाका क्लबहरु संग समन्वय गरि अवसरका रुपमा लिन सकिने बताउनुभयो ।आगामी प्रशिक्षणमा पनि एन्फाले सहयोग गर्दै जाने उल्लेख गर्दै केन्द्रीय सदस्य चन्दले एन्फाको विषम परिस्थितिका बाबजुत डी लाइसेन्स केन्द्रित प्रशिक्षण भएपनी सी, बि र त्यो अगाडिको चरणमा पुग्न एन्फाले सहयोग गर्ने बताउनुभयो । प्रशिक्षण लिइसकेपछी अब प्रशिक्षार्थीले नै स्तरउन्नतिका लागि लाग्नुपर्ने उहाँको भनाइ छ । यो खालको प्रशिक्षण फुटबल संघ सुर्खेतका लागि नौलो अनुभवका रुपमा रहेको चन्दले बताउनुभयो । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना गरिएको प्रशिक्षणमा प्रशिक्षक एवं एन्फा सदस्य संजिब शिंहले एन्फाको पहलमा यस किसिमको प्रशिक्षणले यो क्षेत्रको फुटबलमा फड्को मार्ने बताए । जिल्ला फुटबल संघ सुर्खेतको नेतृत्वले यी जिल्लामा धेरै सम्भावना रहेको बताउनुभयो । सुर्खेतबाट श्रीलंका जाने क्याम्पमा धनसिं बि। क। जस्ता खेलाडी छनौट हुनु गौरवको कुरा भएको बताउनुभयो ।