सुर्खेत: बिहीबार राती जुम्लाको हिमा गाउँपालिका(१ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।
गए राति करिब साढे २ बजे आयोजनाको पावर हाउसमा पानीको बहाव बढि भई पावर हाउस भासिँदा ३ जनाको मृत्यु भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिनुभयो ।
घटनामा परी ज्यान गुमाउनेमा पावर हाउसमा कार्यरत चौकीदार गोरकबहादुर रावतका ३० वर्षीया श्रीमती विमला रावत र उहाँका दुई छोरा ९ वर्षीया भरत र ८ वर्षीया सूर्य रावत रहेका छन् ।
उनीहरुको शव निकाली सकिएको भन्दै थप क्षतीको विवतर संकलन भई रहेको प्रजिअ पसाइको भनाई छ । पावर हाउसभित्र सुतिरहेको अवस्थामा उनीहरुको ज्यान गएको प्रहरीको भनाइ छ ।
खबर बजार । ३१ असार २०७९, शुक्रबार ०८:३८