सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत ।   जिल्लाको कालिमाटी गाउपालिका मा करेन्ट लागेर एक जनाको मत्यु भएको छ। गाउ पालिकाको वडा नम्बर ३ ढोडेनी निवासी अन्दाजी बर्ष २५ का बबिन भण्डारीको करेन्ट लागेर मत्यु भएको हो। गाउ-पालिका को वडा नम्बर २ मा मिलमा ल्याउने तार जोड्न को लागि बिजुलीको पोलमा चढेर तार तार जोड्ने क्रममा करेन्ट लागेर भण्डारीको मृत्यु भएको हो। भण्डारी लाई करेन्ट लाग्ने बित्तिकै उपचारको लागि राप्ति प्राबिधिक अस्पतालमा लागिएको र उनको राप्ति प्रादेशिक अस्पताल दाङमा उपचारको क्रममा दुख निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।