सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु र एकजना घाइते भएका छन्। बाँकेको धकेरीबाट सल्यानको रिमकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले  जनाकारी दिनुभयो।  दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उहाँका छोरा ११ वर्षीय वसन्त ओली छन्। यस्तै सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको र दुर्घटनामा कपुरकोट गाउँपालिका ६ जलवाङका ३५ वर्षीय तिलक ओली घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो।  घाइतेको प्रदेश अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।