सुर्खेत । अन्य ६ प्रदेशको तुलनामा कम सडक सञ्जाल भएको कर्णाली प्रदेशका दश जिल्लाका ६९ स्थानलाई सबैभन्दा बढि सडक सवारी दुर्घटना हुने स्थान अर्थात ब्ल्याक स्पट’ किटान गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले बारम्बार दुर्घटना भइरहने स्थानलाई ब्ल्याक स्पट’का रुपमा
किटान गरी नक्सांकन गर्ने तयारी समेत भइरहेको जानकारी दिएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले यी स्थानका सडकमा सवारी दुर्घटना हुने जोखिम बढी रहेकाले ट्राफिक संकेत र कन्भेक्स मिरर राख्ने तथा त्र्यास ब्यारिअर ९फलामे बार० बनाउनुपर्ने आवश्यकता औल्याए ।सबै सडकलाई ब्ल्याक स्पट भनेका छैनौँ,’ उनले भने, । धेरैजसो दुर्घटना भइरहने सडकलाई आधार मानेर ब्ल्याक स्पट म्यापिङ गर्दैछौँ ।’
एसपी तिवारीका अनुसार सल्यान र दैलेखका १३–१३ स्थान, सुर्खेतका १२, रुकुम पश्चिम, कालिकोट र हुम्लाका ६–६ स्थानमा ब्ल्याक स्पट तोकिएको छ । यस्तै, जाजरकोट, डोल्पा र जुम्लाका ४–४ स्थान र मुगुको १ स्थानमा सवारी दुर्घटनाको बढी जोखिम रहेको उनले जानकारी दिए ।
सुर्खेतको वीरेन्द्रनगर, पञ्चपुरी, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका १२ भन्दा ठाउँलाई बढी दुर्घटना हुने स्थानका रुपमा पहिचान गरिएको छ । वीरेन्द्रनगरभित्र यरीचोक र वीरेन्द्रचोकदेखि खोर्केखोलाको साँघुरो पुलको बाटो, औद्योगिक क्षेत्र नजिको साँघुरो पुल, बाङ्गेसिमल २ नं वडा कार्यालय नजिकको साँघुरो सडक, शिद्धार्थ होटल जाने चौबाटो, बराईचे नजिक स्कुल जाने सडक (मोड) र बाङ्गेसिमल भन्दा २ किमी अगाडि साँघुरो सडकलाई अंकित गरिएको छ ।
सुर्खेत कोहलपुर रत्न राजमार्गअन्तर्गत हर्रे र बबईको बीचको एमाले मोड, ठूलो ब्युरेनी र सानो ब्युरेनी सडक, गुर्भाकोटको गोचेखोला नजिक, भेरीगंगाको राताचौर, गुर्भाकोटको खोटाङ क्षेत्र, गुर्भाकोटको मालारानी, बोटेचौर माथिको घुम्ती सडक र सा“घुरो सडकलाई ब्ल्याक स्पट भनिएको छ ।
ट्राफिक प्रहरीले सल्यानको शारदा नगरपालिका, बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका, बनगाड कुभिण्डे नगरपालिका, छत्रेश्वरी गाउँपालिका, कालिमाटी र कपुरकोट गाउँपालिकाका १३ स्थानमा ब्ल्याक स्पट तोकेको छ ।
सृजना बुढाथोकी । २० श्रावण २०७९, शुक्रबार १३:४२