छ हजार ४ सय ६२ नयाँ कोरोना संक्रमीत थपिए

काठमाडौं । नेपालमा थप ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४ सय ३७ नमुना परीक्षण गरिएको थियो ।

१३ हजार ३ सय ७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक थप १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् ।