त्रिदेशीय टी–२० शृङ्खला: नेपालले पहिले बलिङ गर्ने, टोलीमा एक परिवर्तन

काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

नेपालले आजकाे खेलमा टोलीमा एक जना परिवर्तन गरेको छ । अनिल शाहको ठाउँमा कुशल भुर्तेल आएका छन् । यो खेल जितेमा नेपालको फाइनल पुग्ने सम्भावना हुनेछ । नेपालले भोलि हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको नजिता पनि कुर्नुपर्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ ।

नेदरल्यान्ड्स ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा र समान अङ्क भए पनि नामिबिया नेट रन रेटका आधारमा पुछारमा छ ।