थप ४ हजार ९ सय ४ नयाँ संक्रमित, ५ हजार ९ सय २४ संक्रमणमुक्त

काठमाडौं । नेपालभर थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यसैगरी पछिल्लो पटक थप ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३ सय २९ छ ।

उपत्यकामा आज १८२० जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका छन् ।