

मंसिर २०,सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका-३ मा एकजना पुरुषले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । पञ्चपुरी नगरपालिका ३ तोक्मा बस्ने ३८ वर्षिय अम्मर बहादुर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी काटी टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेका अवस्थामा पक्राउ गरिएको हो ।
उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको प्रहरी टोलीले पलैटे स्वाथ्यचौकी पछाडिवाट प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय बावियाचौरले जनाएको छ ।
उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बावियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको छ । घटनाको कारण भने खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

खबर बजार । २० मंसिर २०७९, मंगलवार २१:१७