
दैलेख । दैलेखको गुराँस गाउँपालिका, ७ नम्बर वडाको ओखरेनी टोलमा पहिलो पटक बिजुली बलेको छ । गुराँस सामुदायिक विद्युत प्रशारण लाइनमार्फत् ओखरेनीमा बिजुली बलेको हो ।

![]()
गुराँसभर बिजुली वर्षौंदेखि बलेपनि प्रशारण लाइन बिस्तार नहुँदा ओखरेनी गाउँ बिद्युतविहिन थियो ।
गुराँस गाउँपालिका, ७ का अध्यक्ष नन्दबहादुर बिसीको अध्यक्षता र गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काको प्रमुख आतिथ्यतामा आज विद्युत बालिएको हो ।

उद्घाटन कार्यक्रममा गुराँस गाउँपालिका, ३ का वडा अध्यक्ष काँशिराम शर्मा र ८ का वडा अध्यक्ष दीपेन्द्र ओली, कार्यपालिका सदस्य सम्झना कुमारी बुढा, वडा सदस्य प्रेमबहादुर बुढाको उपस्थिति थियो ।
साथै, नेकपा एमाले दैलेखका लेखा समिति संयोजक नेता प्रेमबहादुर खड्का र नेपाली काँग्रेस गाउँ कार्यसमिति सभापति बमबहादुर शाहीको समेत उपस्थिति थियो । ओखरेनीमा करिव २ दर्जन घरधुरी छन् ।




