प्राथमिक तहमा १३ हजारभन्दा बढी शिक्षकका लागि विज्ञापन

काठमाडौं । शिक्षण पेशामा संलग्न हुन चाहनेको लागि खुसीको खबर छ । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ छ ।

योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले निमावि र मावि तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ ।